संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ ।

दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई दिएको जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राजदूतावास यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ ।

दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

‘यूएईको ऐन, कानुन, नियम मूल्यमान्यताको पूर्ण पालना गरी सोहीअनुरुप व्यवहार गरिदिनुहुन यूएईमा बस्नुहुने सम्पूर्णमा राजदूतावास हार्दिक अनुरोध गर्दछ’, दूतावासले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर