क्षेत्री समाज बेलायतले आयोजना गर्दै आएको वार्षिक भेटघाट कार्यक्रम जुलाई २७ तारिख शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने भएको छ।
नयाँ पुस्तालाई पनि नेपाली कला संस्कृति र परम्पराबारे जानकारी गराउने एवं निरन्तरता दिलाउन प्रेरित गर्ने उद्देश्यले वार्षिक भेटघाट गरिंदै आएको क्षेत्री समाज बेलायतकी अध्यक्ष श्रद्धा थापाले बताइन् । कार्यक्रम समाजको आयोजनामा भएपनि सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई सहभागी हुन उनले आग्रह गरेकी छन् ।
विगत जस्तै यसपटक पनि विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम राखिएको छ । लोकदोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, सिर्जना खत्री र सुशीला गौतमले सांगीतिक प्रस्तुति दिनेछन् ।
स्कुल कलेज तथा युनिभर्सिटिमा राम्रो नतिजा ल्याउने र समाजमा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई प्रेरणा र हौसलास्वरूप सम्मान तथा प्रमाणपत्र वितरण गरिनेछ ।
‘राफल ड्र’ का लागि सुनका आकर्षक गहनालगायत विभिन्न सामग्री राखिने भएका छन् । सान्भी ज्वेलर्स यूके, दिदीबहिनी समूहलगायत अन्य व्यक्तिले राफलका लागि सामग्री उपलब्ध गराएको कार्यक्रम संयोजक मेजर चक्र खत्रीले जानकारी दिए,i