२५ श्रावन २०७८, सोमवार

पोल्यान्डको  वार्सामा सम्पन्न ईनास पोल्यान्डको चौथौ वार्षिक अधिवेशनले  रीता न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको छ ।

https://amzn.to/4myfPN5

समितिको उपाध्यक्षमा कृष्ण भण्डारी र उदय राज गिरी, महासचिवमा विबेक पौड्याल, सचिवमा प्रतिमा थापा, कोषाध्यक्षमा तुलसा अर्याल, सह( कोषाध्यक्षमा सृजना थापा, सदस्यहरुमा अमित कुमार यादव, सन्तोष अधिकारी, शिवधर महतो, संगीता लामा, दिपिका ढकाल दाहाल, मनिष दाहाल रहेका छन ।

कार्यक्रमा ईनास ग्लोबलका सस्थापक तथा इनास पोल्याण्डका सल्लाहकार एव संरक्षक मित्रलाल पार्दे, एनआरएनए पोल्यान्डका वरिष्ट उपाध्यक्ष प्रकाश तिवारी, एनआरएनए पोल्यान्ड आइसिसी सदस्य गोपाल राई, एनआरएनए पोल्यान्डका निवर्तमान अध्यक्ष नरेश सापकोटा, पोल्यान्डका लागि नेपाली पर्यटन दुत डा। उदय देव आचार्य, प्रवासी मञ्च पोल्यान्डका अध्यक्ष टंक कटुवाल, व्यवसायी संघ पोल्यान्डका अध्यक्ष आनन्द घिमिरे लगायतकाले शुभकामना दिएका थिए ।

ईनास ग्लोबल २०१२ सालमा पोल्याण्डमा मित्रलाल पार्दे को नेतृत्वमा स्थापना भई अहिले विश्वको ७२ ओटा देशमा सञ्जाल विस्तार भइसकेको छ। ईनास ग्लोबलले विदेशमा रहेका नेपाली कलाकार हरुलाई एकबद्ध गराई नेपाली कला, संस्कृती र पर्यटनलाई प्रबंधन गराउँदै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर