
२५ श्रावन २०७८, सोमवार
एनआरएनए नाईजेरियाको आठौं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले नेपाल र नाइजेरियामा परोपकारी काम गर्न एनआरएनए नाइजेरिया कल्याणकारी कोषको स्थापना गरेको छ ।
बैठकले “एक एनसीसी एक परियोजना” अन्तर्गत सातौं नेपाल प्रोजेक्ट सम्पन्न गर्न समितीसमेत गठन गरेको छ ।
यस अघि संघले कैलाली, खोटाङ, मकवानपुर, सुनसरी, रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्राबास, पुस्तकालय, प्रयोगशाला र कक्षा भवनका लागि भवनहरु निर्माण गरिसकेको छ ।
संघले तत्काल मेलम्चीको बाढीबाट पीडितहरुका लागि मानविय राहत सहयोग पठाउने समेत निर्णय गरेको छ । त्यस्तै, लेगोस स्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन सुचारु गर्ने निर्णय गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थापक अध्यक्ष एबं एनआरएनए नाईजेरियाका संरक्षक हिक्मत थापा, सल्लाहकार हिमा खडका, आइसीसी सदस्य बिश्वास पौडेल, उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले आआफ्ना धारणा राखेका थिए ।