२५ श्रावन २०७८, सोमवार

समान अधिकारको मागगर्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा उत्रिएका भूतपूर्व गोर्खाहरुको अभियानमा तमु समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तमु समाज यूकेले अनसनस्थलमै गएर आर्थिक सहयोग गरेको हो । सहयोग रकम समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङले हस्तान्तरण गरेका थिए ।

गोर्खा सत्याग्रह संघर्ष समिति यूकेका महासचिव शैन्द्र थापाले समाजका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ लगायत सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गरेकी छन् ।सहयोग रकम ८५२ पाउण्ड  छ ।
भूतपूर्व गोर्खाहरु शनिबार देखि भोक हड्तालमा उत्रिएका छन् । भोक हड्तालमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ बसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर