
२४ श्रावन २०७८, आइतवार
भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्ताल शुरु गरेका छन् । शनिबार देखि उनीहरुले भोक हडताल शुरु गरेका हुन् ।
भोक हडतालमा भूपू गोर्खाहरु ज्ञानराज राई , धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बसेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले शनिबार नै सत्याग्रह प्रमुख संयोजक राईलाई बेलायत सरकारसंग कूटनीतिक पहललाई निरन्तरता दिइने व्यहोराको एक पत्र लेख्दै भोक हडताल लगायत विरोध कार्यक्रम फिर्ता लिइदिन आग्रह गरेको छ तर पनि भोक हडताल छुटेको छैन ।
प्रमुख संयोजक राईले बेलायतलाई विगतमा पनि पटक पटक अनुरोध भएका तर सुनुवाइ नगरेका कारण विश्वस्त हुन नसकि भोक हड्तालमा उत्रनु परेको वताएका छन । भूतपूर्व गोर्खाहरुले ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको भावनाअनुसार समान अधिकार पाउनुपर्छ भन्ने माग राख्दै आएका छन् ।