२४ श्रावन २०७८, आइतवार

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्ने भएकी छन्।

https://amzn.to/4myfPN5

उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन्। यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्।

वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन्।

आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल्स’ का लागि सन् २०१९ मा स्टकटल्यान्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन्।

क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर