२३ श्रावन २०७८, शनिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेंलो रंगको धातुको ४८ ग्रामको १ थान बाला सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्‍वर नगरपालिका-५ घर भएका ३१ वर्षीय मुन्दिप भुजेल, पर्सा ठोरी गाउँपालिका-४ स्थायी वतन भएका ३७ वर्षीय कृष्ण बहादुर पाख्रिन र सोही ठाउँ बस्ने २८ वर्षीय विनोद लामा रहेका छन् ।

दुवईबाट आएका भुजेलले भन्सार उद्‍घोष नगरी उक्त धातुको बाला लुकाई छिपाई लैजाने क्रममा अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियामा पाख्रिन र लामाले भुजेललाई डर त्रास धम्की देखाई उक्त धातुको बाला लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर