२२ श्रावन २०७८, शुक्रवार
अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा मृत्यु भएका नेपाली युवा विपिन लम्सालको को शव आज नेपाल ल्याईदै छ ।
एनआरएनए अमेरिकाको पहलमा आज टर्किस एयरबाट लम्सालको शव ल्याउन थालिएको हो ।
स्वर्गीय विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको थियो।
नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको थियो ।
एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूबाट १८ हजार ३ सय ६८ डलर सङ्कलन भइसकेको जानकारी गराए ।
अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा वस्दै आएका लम्सालको अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पतालमा पुर्याइएको थियो तर केहि समय पछाडि नै अस्पतालले मृत घोषणा गरेको थियो । पर्वत घर भएका विपिन ५ वर्ष अगाडि रोजगारीको लागि अमेरीका पुगेका थिए ।
यो पनि पढनुहोस
अमेरीकामा पर्वतका २८ वर्षिय युवाको निधन