२२ श्रावन २०७८, शुक्रवार
बेलायतको रश्मोरबरो काउन्सिलले नेपालको गोरखा जिल्लामा करीव ७०लाख वरावरको स्वास्थ सामाग्रिहरु दिएर सहयोग गरेको छ ।
गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले रु ७० लाखभन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोरबरोका काउन्सिलर जीव बेल्वासेले बताए ।

काउन्सिलर बेल्वासेको प्रमुख पहलमा गरिएको सहयोग हस्तान्तरणको औपचारिकताका लागि बिहीबार सम्पन्न कार्यक्रममा रश्मोरबरोका प्रमुख ब्रुस थोमसले नगरपालिकाका प्रमुख राजनराज पन्तलाई भर्चुवल मार्फत सहयोग हस्तान्तरण गरेका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मास्क ५३ प्याक, तीन सय प्याक ग्लोब्स, चस्मा एक प्याक, सुज कभर एक सय प्याक, गाउन एक प्याक, बायोहेर्जाड ब्याग एक हजार वटा उपलब्ध भएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘भन्सार छुट बाट ति सामग्री ल्याइएको हो’ उनले भने ‘हामीले आफु मात्रै होईन आवश्यकता परेको जिल्लाका अन्य ठाउँमा पनि सामग्री दिनेछौँ ।’

भर्चुअल कार्यक्रममा नगरपालिका प्रमुख पन्तले काउन्सिलले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिल्लाका सबै तहमा आवश्यकतानुसार उपलब्ध गराइने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर