२१ श्रावन २०७८, बिहिवार
एनआरएनए साईप्रसको अध्यक्षमा कुन्दन कार्की विजयी भएका छन ।
वरिष्ठ उपाध्यक्षमा किस्मत पौडेल , उपाध्यक्षमा राजन श्रेष्ठ र सीता माया तमाङ , महासचिवमा राधा पोख्रेल , कोषाध्यक्षमा सरु नेपाल,सह कोषाध्यक्षमा अजित गुप्ता , युवा संयोजकमा रवीप्रसाद चौरसीया र महिला संयोजकमा पिङ्गला गौतम निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी सदस्यहरुमा प्रकाश बराइली नानु गुरुङ, बिना थापा , कर्चुङ डोमा, सुरज सहानी, बिन्दु दुलाल आचार्य र कल्पना कोइराला घिमिरे निर्वाचित भएका छन । साईप्रसका केहि पदहरुमा निर्विरोध र केहि पदहरुमा निर्वाचन भएको थियो ।









