२० श्रावन २०७८, बुधवार

बेलायतको स्वीन्डन क्षेत्रका नेपालीहरुको संस्था ’नेपाली समाज वील्शायर’ स्वीन्डनले स्थानीय कम्युनिटी अवार्ड प्राप्त गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोभिड महामारीका बेला समुदायको सहयोगमा पुर्‍याएको योगदानको कदरस्वरूप समाजले सन् २०२० को ’एमटिएम अवार्ड’ पाएको हो ।

साउथ वेष्ट बेलायतस्थित सामाजिक तथा परोपकारी संघसंस्था, व्यवसाय एवम् व्यक्तित्वहरुलाई समेत प्रदान गरिंदै आएको ‘एमटिएम अवार्ड’को सामुदायिक विधातर्फ समाजलाई अवार्ड दिइएको हो ।

एशियन, अफ्रिकन तथा अल्पसंख्यक समुदायको प्रोत्साहनका लागि स्थानीय एक मिडियाको आयोजनामा विगत १० वर्षदेखि ‘एमटिएम अवार्ड’ वार्षिक रुपमा प्रदान गरिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर