२० श्रावन २०७८, बुधवार

नेपाली डक्टर्स एसोसिएशन यूकेको अध्यक्षमा डा। कमल अर्याल निर्विरोध चयन भएका छन् ।

साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन् ।

वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौँमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको कार्यक्रममा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर