
२० श्रावन २०७८, बुधवार
गुल्मी जिल्ला समाज युकेले कोरोनाविरुद्ध लड्नका लागि गुल्मि जिल्लाका लागि स्वास्थ सामाग्रि पठाएको छ ।
समाजका संस्थापक अध्यक्ष ओम काउचा थापाका अनुसार जिल्ला अस्पताल गुल्मीलाई १७ हजार ६ सय, प्राथमिक स्वास्थ्य चौकीहरू, रिडी, श्रृङ्गा, जोहाङ र धुर्कोटमा ४ हजारको दरले मास्क र पीपीई सहयोग गरिएको हो ।
त्यसैगरी पत्रकार महासंघ गुल्मीलाई ४ हजार २ थान, रेसुड्गा बहुमुखी क्याम्पसलाई २२००, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीहरूका लागि २८,६०० सहयोग गरिएको थापाले वताए ।
युके समाजका महासचिव वीर वलाल,सल्लाहकार कोशलेश्वर ढकाल, सहकोषाध्यक्ष तारा भट्टराई, सदस्य राधा खरेल लगायतकाले सहयोग सकंलनमा सक्रियता पुर्वक सहयोग गरेका थिए यसैगरी फत्त थापाले आफू आवद्ध ‘होम इन्सटेड’ कम्पनीका तर्फबाट झण्डै ६५ हजार पाउन्ड पर्ने तीनलाख २१ हजार मास्क उपलब्ध गराएको वताए ।
समाजका अध्यक्ष टोप पल्लीका अनुसार सम्पूर्ण ढुवानी एयर कार्गो खर्च झण्डै ११ हजार पाउण्ड गुल्मी जिल्ला समाज युकेका सदस्यहरुबाट संकलन गरिएको जानकारी दिएका छन