
१९ श्रावन २०७८, मंगलवार
भारतको वाटो हुदै श्रीलंकाको राजधानी कोलम्बो पुगेर अलपत्र परेका २५ जना नेपाली महिलालाई नेपाली दुतावास तथा प्रहरीले उद्धार गरेर नेपाल ल्याएको छ ।
अवैधानिक वाटो हुदै कुवेत जान हिडेकाहरु श्रीलकांमा पुगेर अलपत्र परेको थिए । लामो सयम सम्म आफनो देशमा विना भिषा वसेको भन्दै उनीहरुलाई श्रीलंकन प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई अलपत्र पार्ने नेपाली एजेन्टको रूपमा काम गर्दै आएकी सप्तरीकी सावित्री देवी मलाह भन्ने सावित्री मुखियालाई समेत प्रहरीले पक्राउ गरेको छ ।श्रीलंका पुर्याएपछि एउटा अपार्टमेन्टमा एजेण्टले उनीहरुलाई बन्धक वनाएर राखेका थिए ।
दूतावासको पहलमा नेपाल फर्किएका ती महिलाहरूलाई माइती नेपालमा केही दिन राखेर आफन्तको जिम्मा लगाई घर फिर्ता गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
ब्युरोका अनुसार मुखियाले विभिन्न जिल्लाबाट महिलाहरूलाई काठमाडौं ल्याउने र उनीहरूको राहदानी बनाइदिने र विभिन्न नाकाबाट भारतको नयाँदिल्ली पुर्याएर एजेन्टको जिम्मा लगाउने गरेकी थिइन् ।
भारतमा रहेका नेपाली नागरिक गणेश राईले ती महिलाहरूलाई दुई हप्तासम्म नयाँदिल्ली राखेर श्रीलंकाको राजधानी कोलम्बोस्थित निलपनागोडामा रहेको एउटा अपार्टमेन्टमा बन्धक बनाएर राखेका थिए ।