१८ श्रावन २०७८, सोमवार

एनआरएनए नाईजेरियामा  बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मतिले चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अभिषेक मान सिंह, सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल महासचिवमा सोमेश अर्याल, सचिवहरुमा संजय थापा, टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह, कोषाध्यक्षमा सागर उप्रेती, सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ र युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।

सदस्यहरुमा सतिश पाण्डे , बिरेन्द्र बहादुर बस्नेत , राजु धिताल , कृष्ण थापा , सुभाष सिम्खडा , राजु भुषाल ,खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर  चयन भएका छन् ।

त्यसैगरी आइसीसी सदस्यमा चिरञ्जीवी रोका समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिश्वास पौडेल र बिन्दु क्षेत्री रहेका छन् । समितिको संरक्षकहरुमा हिक्मत थापा, संजीव क्षेत्री र बिदुर घिमिरे रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर