
१६ श्रावन २०७८, शनिवार
कोरोना सक्रमणवाट युगाण्डाको कम्पालमा मृत्यु भएका एक नेपालीको परिवारलाई अफ्रिकामा रहेका नेपालीहरुले सहयोग गरेका छन ।
गत आषाढ २९ गते कोरोना संक्रमणवाट मृत्यु भएका तनहुँ, भानुभक्त नगरपालिका वार्ड नम्बर–६, सिमपानीका ४७ बर्षिय हिराबहादुर खडगीका परिवारलाई सहयोग गरिएको हो ।
एनआरएनए अफ्रिका राहत कोषका तर्फबाट शुक्रबार एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले तीनलाख दशहजार नगद सहयोग खड्किका परिवारलाई प्रदान गरेका थिए ।
खड्गीको तनहुँस्थित घरमै पुगेर उनकी श्रीमती शुशिला माया खड्कीसहित परिवारलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अफ्रिकामा रहेका नेपालीहरुको तर्फबाट उक्त रकम सहयोग जुटाई सहयोग गरिएको हो ।
अफ्रिकाका एनआरएनहरुले नेपालका १४ दुर्गम जिल्लाका ३५ अस्पताल र स्वास्थ्यकेन्द्रहरुमा करिब साठीलाख बराबरको अक्सिजन सिलिन्डरहरु तत्काल पुर्याइ सहयोग गरेका थिए ।
यो पनि पढ्नुहोस
युगाण्डामा कोराना सक्रमणवाट तँनहुका एक नेपालीको मृत्यु