९ श्रावन २०७८, शनिवार

एनआरएनए अष्ट्रीयाका अध्यक्ष विनोद चौलागाईविरुद्ध स्थानीय प्रहरीमा उजुरी परेको छ। उनलाई  एनआरएनएमा किर्ते विल पेश गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।

https://amzn.to/4myfPN5

अष्ट्रीयामा प्रहरीमा उजुरी गर्ने व्यक्तिले आफ्नो परिचय गोप्य राख्न पाउने प्रावधान छ।

चौलागाईले भने आफूलाई फसाउन नियोजित ढंगले कार्यसमितिकै एक समूह लागेको बताएका छन्।

आफूलाई प्रहरीले २५ जुलाइमा यसबारे सोधपुछका लागि बोलाएको  बताए । ‘अनुसन्धानमा दोषी ठहरिए मलाई फौजीदारी अभियोग लाग्छ । गल्ती प्रमाणित भए कारवाही भोग्न तयार छु,’ उनले भने .

चौलागाँईले आगामी कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी समेत घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर