७ श्रावन २०७८, बिहिवार

साउदी अरवले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को म्याद थपिदिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोरोनाको कारण साउदी फिर्ता हुन नसकेका विदेशी श्रमिकहरुको आवासीय अनुमति पत्र (अकामा) को म्याद आगामी ३१ अगस्टसम्म बढाइदिने भएको छ ।

यसबाट बिदामा नेपाल आएर फिर्ता हुन नसकेका नेपालीहरुले पनि लाभ लिन सक्ने भएका छन् ।नेपालबाट भिसा करार सकिएका श्रमिकहरुले पनि साउदीको नयाँ नीतिको लाभ लिन सक्नेछन् ।

साउदीका स्थानीय सञ्चार माध्यामहरुले कोरोनाका कारण बिभिन्न देशमा विदामा गएका श्रमिकलाई यसबाट राहत मिल्ने  जनाएका छन् ।

त्यस्तै साउदीले भिजिट भिसा र एक्जिट एन्ड इन्ट्री भिसाको म्याद पनि सोहि अवधि सम्म (३१ अगस्ट) निःशुल्क बढाउने जनाएको छ । कोरोनाको कारण समयमै देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नीति लिएको जनाइएको छ ।

हाल साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर