७ श्रावन २०७८, बिहिवार

यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध फेरि लम्बाएको छ।

https://amzn.to/4myfPN5

यसअघि उसले २१ जुलाइ सम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको स्थानीय पत्रिका खालीज टाइम्सले जनाएको छ।

नेपालसहित अन्य १६ देशका नागरिकलाई अनिश्चितकालीन प्रतिबन्ध लगाइएको बताइएको छ।

जसमा भारत, बंगालादेश, लाइबेरिया, नामिबिया, अफगानस्तान, सिएरा लिओन, गणतान्त्रिक कंगो, इण्डोनिसया, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका रहेका छन्।

कुटनीतिक नियोग प्रतिनिधि, आपतकालिन स्वास्थ्यकर्मी, गोल्डेन भिसावाहकको सन्दर्भमा भने यो नियम लागू हुने छैन।

उसले प्रवेशमा रोक लगाएका नेपालसहितका मुलुकहरुमा आफ्ना नागरिकलाई समेत यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

उता यूएईले प्रवेश प्रतिबन्ध लामो समयसम्म नहटाउँदा नेपालबाट रोजगारीको लागि यूएई उड्ने पर्खाइमा रहेका हजारौँ नेपाली अन्यौलमा परेका छन्।

आबुधाबीस्थित नेपाली दूतावासकी श्रम सहचारी निर्मला  थापाका अनुसार कोरोना अवधिमा दूतावासले झण्डै २९ हजार श्रमिकको मागपत्र प्रमाणिकरण गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर