
६ श्रावन २०७८, बुधवार
एनआरएनए युएईले विभिन्न समस्यामा परेका थप २० जना नेपालीको उद्धार गरेको छ ।
एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएका, भिजिट भिसामा आएर समस्यामा परेका, विभिन्न कारण परेर आउट पास लिएर नेपाल फर्किनु पर्ने अवस्थाका २० नेपालीहरु आज नेपाल आइपुगेका छन् ।
नेपाल आएका सबैको होटेल क्वारेन्टाइनको व्यवस्थापन समेत एनआरएनएले नै गर्ने परियोजनाका संयोजक राजेन्द्रकुमार राउतले बताएका छन् ।
यसअघि असार ४ गते पनि एनआरएनए युएईले ३५ जना नेपालीको उद्धार गरेको थियो ।
युएईलगायत अन्य देशमा रोजगारीमा रहेको अवस्थामा श्रम सम्बन्धि समस्या उत्पन्न भएमा नेपाल फिर्तीको लागि निःशुल्क हवाई टिकट र अन्य सबै सेवाहरु प्रदान गरिने भएकाले एनआरएनएका विभिन्न देशमा रहेका पदाधिकारीलाई समेत सम्पर्क गर्न राउतले सुझाएका छन् ।