५ श्रावन २०७८, मंगलवार

साउदी अरब नेपाली कामदारहरुकोलागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलक हो ।

५ लाख भन्दा बढी नेपालीहरु कार्यरत साउदी अरब नेपालकोलागि विप्रेषणको भरपर्दो स्रोत पनि रही आएको  छ ।

आयस्रोतको दृष्टिकोणले खाडीका अन्य देशहरुभन्दा राम्रो मानिए पनि साउदी अरब जाँने नेपाली कामदारहरुले  थुप्रै समस्याहरुको सामना गर्नु परिरहेको छ ।

यस्ताखाले समस्याहरु समाधानकोलागि दुइ देशबिचको परराष्ट्र नीतिलाइ सुदृढ गराएर अगाडि बढनु पर्ने यथार्थ त छदै छ तर  पनि सामान्य कुराहरु नजान्दा वा नबुझ्दा व्यहोर्नु पर्ने समस्याहरु समाधानकोलागि निम्न जानकारीहरु उपयोगी हुन्छन

 

आफु जान लागेको कम्पनी वा रोजगारदाता र कामको बारेमा राम्रोसंग बुझेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया अगाडि बढाउनुहोस ।

 

आफु जान लागेको भिषा कुन हो राम्रोसंग बुझ्नुहोस । वर्किङ भिषा बाहेक अन्य भिषाहरुमा साउदी अरब जाँदा समस्यामा परेका थुप्रै घटनाहरु छन । सिप प्रमाणपत्र लिएर जाँदा काम राम्रो पाउने तथा तलब पनि राम्रो हुने भएकोले TVET बाट प्रमाणित सिप प्रमागपत्र साथमा लिएर जानुहोस ।

 

अनलाइन प्रणालीबाट श्रम स्वीकृति गरेपछि लगीन आइडी तथा पासवर्ड सुरक्षीत राख्नुहोस । समय समयमा लगीन आइडी तथा पासवर्डको आवश्यकता पर्ने भएकोले परिवारका सदस्यलाइ पनि यसबारेमा जानकारी दिनुहोस ।

रोजगारीकोलागि साउदी अरब जानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्था कस्तो छ विचार गर्नुहोस । साउदी एयरपोर्टमा ओर्लिएपछि कार्यस्थलसम्म पुग्ने तरीकाहरु थाहा पाउनुहोस  ।

 

साउदी अरबमा काम गर्न थालेपछि रोजगारदाताले अकामा बनाइदिनु पर्छ । अकामाको गलत प्रयोग गर्न सक्ने भएकोले अरुलाइ नदिनुहोस । कामदारकोलागि Absher App एकदमै उपयोगी भएकोले साउदीमा रहँदा आफ्नो मोबाइलमा यो एप डाउनलोड गर्नुहोस ।

रोजगारीको क्रममा कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्नु भन्दा पहिला के लेखेको छ राम्रोसंग पढनुहोस । यदि बझनुभएन भने साथीभाइको सहयोग लिनुहोस । आफ्नो श्रम करार अवधिबारे जानकार रहनुहोस । अवधि समाप्त हुन लागेको भए बस्ने निश्चित हो भने नवीकरणकोलागि आवेदन दिनुहोस । साउदी अरब एक इस्लामिक देश भएकोले त्यहाँको धार्मिक आस्थालाइ सम्मान गर्नुहोस ।

 

साउदी अरबमा रहँदा सामाजीक संजालहरुमा त्यहाँको साबर अपराध विरुद्धको कानुन विपरितका कुराहरु पोष्ट नगर्नुहोस । अरबीक भाषा सम्बन्धि सामान्य ज्ञानकोलागि Google Translate मोबाइलमा डाउनलोड गर्नुहोस ।

साउदीमा रहँदा केहि समस्या परेमा नेपाली दूताबासमा सम्पर्क गर्नुहोस ।

 

प्रतिक्रिया

सम्बन्धित खवर