३० आषाढ २०७८, बुधवार

अवैधानिक वाटो हुदै युरोप जान लागेको एक युवाको गोली लागेर मृत्यु भएको एक वर्ष हुदा पनि शव नेपाल आउन नसक्दा परिवार चिन्तीत भएको छ ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका १ निवासि अनराम बिकको नेपाल आउन नसक्दा परिवार चिन्तीत भएका छन ।
वैदेशिक रोजगारको लागी अबैधानिक बाटो हुदै युरोप छिर्ने क्रममा सुलेमानीको चारता भन्ने स्थानबाट इरानको बोर्डर नजिक पुग्दै गर्दा १० सेप्टेम्बर २०२० मा अर्बिल भन्ने ठाउँमा गोली लागेर मृत्यु भएको थियो ।
सव नेपाल ल्याउनका लागि करिब ६ लाख रुपैया लाग्ने भनिएको भएपनि आर्थिक अभावको कारण शव नेपाल ल्याउन अफठेरो परिरहेको हो ।सव नेपाल ल्याउनका स्थानीय वडावाट सहयोगको लागि सवैमा सहयोगको अपिल गरिएको छ । बिदेमा रहनुहुने मनकारि नेपाली दाजुभाईहरूले सहयोग उठाउन सुरू समाजसेवि प्रकाश सेरचनले वताउनु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर