२९ आषाढ २०७८, मंगलवार

गैरआवासीय नेपाली संघ (एनआरएनए) घानाको अध्यक्षमा रोशन श्रेष्ठ चयन भएका छन् । जुलाई ११ मा सम्पन्न संघको साधारणसभाले श्रेष्ठको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा बालकृष्ण निरौला, महासचिवमा रोशन झा, कोषाध्यक्षमा बिकास सुवेदी, युवा संयोजक तथा सहसचिवमा सुमित शर्मा र महिला संयोजकमा सावित्री बुढा मगरलाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै संघको सदस्यहरुमा सुनिल चौधरी, लक्ष्मी निरौला, करुणा चौहान सुबेदी, रोमकान्त आचार्य र बिनोद दर्लामी चयन भएका छन् ।

त्यस्तै सोहि अधिबेशनले संघको बरिष्ठ महिला सल्लाहकारमा कमला पन्त तथा अन्य बरिष्ठ सल्लाहकारहरुमा दिनेश पाण्डे, होमबहादुर बुढा मगर, रमेश भुसाल र पदम रानालाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर