२८ आषाढ २०७८, सोमवार
वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौंको टोखा नगरपालिका–१० बस्ने वर्ष ३४ को गणेश राउत भन्ने लोक बहादुर राउत रहेका छन्।
उनले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पुरा गरी पानामा पठाउँछु भनी नक्कली इ–भीसासमेत बनाइ पटक–पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिइ ठगी गरेको प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार काठमाडौंको टोखाबाट नियन्त्रणमा लिइ कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाएको जनाएको छ।









