२६ आषाढ २०७८, शनिवार

हङकङ नेपाली महासंघले नेपालमा अलपत्र बनेका हङकङ आइडीलाई उद्धार गर्न माग गरेको छ ।

हङकङ सरकारका पूर्वमन्त्री तथा सांसदलाई ज्ञापनपत्र बझाउँदै महासंघले कोरोना महामारीका कारण नेपालबाट हङकङ आउन नसकेका हङकङ आइडीबाहक नेपालीलाई हवाइ चार्टर्ड गरेर भए पनि उद्धार गर्न माग गरेको हो ।

संगठन महासंघका अध्यक्ष टंक  रानाले भने, ‘महासंघले हङकङ सरकारका पूर्वमन्त्री र सांसदहरु मार्फत हङकङ सरकार हुँदै बेइजिङ सररकासमक्ष पुर्‍याउनका लागि ध्यानाकर्षण गरेको छ ।’

हङकङ सरकारका पूर्वमन्त्री तथा वर्तमान सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चेङलगायत सांसदहरुले ज्ञापन पत्र बुझेपछि नेपालमा अलपत्र परेको बारेमा सरकारलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष रानाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर