
२६ आषाढ २०७८, शनिवार
गैरआवासीय नेपाली पत्रकार महासंघ गठन भएको छ । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरूले महासंघ गठन गरेका हुन् ।
महासंघको अध्यक्षमा भगीरथ योगी (यूके) चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका), सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्षमा महेश खाती (डेनमार्क) रहेका छन् । जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ । सल्लाहकारहरूमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) रहेका छन् ।
महासंघले ९० दिनभित्र संघको विधान बनाइने र त्यसको १८० दिनभित्र नयाँ कार्य समिति गठन गरिसक्ने अध्यक्ष योगीले बताए । प्रवासमा नेपाली पत्रकारितालाई अरू बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको हो।’