
२६ आषाढ २०७८, शनिवार
गैर आवासिय नेपाली सघं स्पेनको अध्यक्षपदका लागि उत्तरकुमार राई र शालिकराम डुम्रेले उम्मेदवारीकोे मनोनयन दर्ता गराएका छन ।
यस्तै आईसिसिमा दिनेश कुमार गिरी, प्रकाश तिमिल्सिना र यज्ञ नारायण पौडेलले उम्मेदवारी दर्ता गराएका छन । दुई हजारभन्दा बढी पंजीकृत सदस्य भएकाले एनआरएनए स्पेनमा दुईजना आईसीसी सदस्य निर्वाचित हुनेछन्।
यस्तै खुल्ला उपाध्यक्ष तर्फको दुई पदका लागि कृष्णराम रानाभाट, भुप्रेन्द्र कुमार श्रेष्ठ र सोनु राउतले उम्मेदवारी दर्ता गराएका छन भने महिला उपाध्यक्षमा कमला बराल र सृजना लामिछाने, क्षेत्रगत उपाध्यक्षमा रोशन पाठक र महेश्वर घिमिरेले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी
महासचिवमा बिदुर गौतम र ध्रुव भट्ट दुई सचिवमाअरुण घिमिरे, केविन्द्र शाही र नारायण भट्टराई, कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री र शिवप्रसाद गौतम, युवा संयोजकमा दिपेन्द्र गजुरेल र मनुश जंग खड्काले आफनो उम्मेदवारी दर्ता गराएका छन ।
संघले विद्युतीय माध्यमवाट मतदान गराउने भएको छ । जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौँ अधिवेशनमा २ हजार २० जना पंजीकृत सदस्यहरु रहेका छन्