
१५ चैत्र २०७७
नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा एकराज मल्ल, सचिवमा चन्द्र विश्वकर्मा, सहसचिवमा हरि बानियाँ र कोषाध्यक्षमा मनोज थापा रहेका छन् ।
यसैगरी, सदस्यमा सुरेशकुमार गुरुङ, विजयराज धामी, प्रेम जिमी, विजय लामा र आकाश शेर्पा रहेका छन् । निवर्तमान अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्वमा भर्चुअल माध्यममार्फत अधिवेशनमा सम्पन्न भएको थियो ।