१० माघ २०७७, शनिवार

स्पेनमा बिगत केहि दिन देखि कोरोना संक्रमण अत्यधिक बढेको भन्दै एनआरएन स्पेनले सबै नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद COVID-19 आपतकालिन संयुक्त सहयोग समिति, कानुनी परामर्श समिति को तर्फ बाट भिषम कुमार गुरुङ(अनिल) र रामकृष्ण पुडासैनी ले सुचना निकालेर सबैलाई सुरक्षित आग्रह गर्नुभएको छ ।

सुचनामा स्पेनका बिभिन्न स्थानमा रहेको पछील्लो नियमको बारेमा जानकारी गराइएको छ ।

म्याड्रिड
राजधानी म्याड्रिड को स्थानिय सरकार ले २५ जनवरी २०२१ सोमबार देखि लागु हुने गरि निम्न नया थप प्रतिबन्धहरु प्रकाशित गरेको छ।
१, सम्पूर्ण म्याड्रिड प्रान्तमा राति १० बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लाग्नेछ।
२, रेष्टुरेन्ट लगायत का सम्पूर्ण ब्याबसाय राति ९ बजे बन्द हुनेछन। रेष्टुरेन्ट को एउटा टेबुलमा बढीमा ४ जना मात्र ग्राहक मात्र लिन पाइनेछ।
३, बन्द कोठामा हुने बैठक र एकाघर मा बस्ने बाहेक को बैठक निषेधित छ। एउटै घर मा नबस्ने छिमेकी , इष्टमित्र या साथी कसैको पनि घरमा जमघट या बैठक पूर्णत निषेधित छन्। ठुला व्यापारिक केन्द्रमा क्षमताको ५०% मात्र ग्राहकलाइ मात्र प्रवेश दिइनेछ।
४, म्याड्रिड का ५६ आधारभूत क्षेत्र र २५ इलाका का क्षेत्र परिधि बाट अति आवस्यक कारण देखाउन सकिने काम बाहेक आवतजावत गर्न पाइने छैन।

कातालुन्या
१, रातिको १० बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लाग्नेछ। बढीमा ६ जना सम्म मात्र भेटघाट गर्न पाइनेछ।
२, कारण खुलाउन सकिने अति आवस्यक काम का लागि बाहेक सम्पूर्ण प्रदेश बाट बाहिर आवतजावत मा प्रतिबन्ध कायम छ।
३, अति आवस्यक बाहेक का ब्यबसाय बन्द हुनेछन। सप्ताहन्तमा अति आवस्यक बस्तुको पसल मात्र खोल्न पाइनेछ भने ठुला ब्याबसायिक प्रतिष्ठान बन्द रहनेछन।
४, रेष्टुरेन्ट ब्याबसायामा यस अघिकै नियम यथावत रहनेछ। बिहान ७.३० देखि ९.३० खाजाको लागि , १३.०० देखि १५.३० सम्म खानाको लागि र #PARA_LLEVAR २२.०० बजे सम्म र #SERVICIO _DOMICILIO २३.०० बजे सम्म हुनेछ। टेबुल बिचको दुरी २ मिटर हुनु पर्नेछ। सार्वजनिक स्थल मा र खाने र पिउने बेला बाहेक रेष्टुरेन्ट भित्र समेत अनिबार्य मास्क लगाउनु पर्नेछ।
५, ४०० वर्ग मिटर सम्मका ब्याबसायिक क्षेत्रमा क्षमताको ३०% लाइ मात्र सेवा दिन पाइनेछ।

आन्दालुथिआ
प्रदेश बाहिर आवतजावत बन्द छ भने प्रदेश भित्रै ८ क्षेत्रमा अन्तरिक आवतजावत निषेध छ । बार रेस्टुरेन्ट लगायत का ब्याबसाय बेलुका ६ बजे सम्म खुल्न पाउनेछन। कर्फ्यु राति १० बजे देखि बिहान ६ बजे सम्म हुनेछ भने बेलुका ८ बजेदेखि बाहिर ननिस्कन अनुरोध गरिएको छ साथै ८ बजे देखि कर्फ्यु शुरु गर्न केन्द्रिय सरकारलाई अनुरोध गरिएको छ। शैक्षिक कक्षा अनलाइन हुनेछन भने बढीमा ४ जना सम्म मात्र भेला हुन पाइनेछ।

कास्तिज्या इ लेओन
१६ जनवरी देखि १५ दिनका लागि बेलुका ८ बजे देखि कर्फ्यु लाग्नेछ। (बिबाद बढेका ले कर्फ्यु समय परिवर्तन हुने सम्भावना छ)। बढीमा ४ जना मात्र भेटघाट गर्न पाइने छ। अति आवस्यक काम का बाहेक सम्पूर्ण प्रान्तबाट बाहिर आवतजावत निषेधित छ। अति आवस्यक काम नपरी घर बाहिर ननिस्कन अनुरोध गरिएको छ। यस अघिका अन्य नियम यथावत रहनेछन।

बालेआरेस
बालेआरेस आउने पर्यटकले पिसिआर रिपोर्ट अनिबार्य ल्याउनु पर्नेछ। फोरमेन्तेरा र इबिथा बाट बाहिर आवतजावत प्रतिबन्ध गरिएको छ। मेनोर्का, फोर्मेंतेरा, मायोर्का र इबिथा मा चौथो तहको सतर्कता अपनाइएको छ जहा राति १० बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लाग्नेछ। यी अधिक जोखिम क्षेत्रमा पर्दछन। एकाघरमा बस्ने बाहेक को जमघट निषेधित छ।

कानारिआस
६ बर्ष भन्दा माथिका कानारिआस आउने पर्यटकले पिसिआर लगायतका रिपोर्ट अनिबार्य ल्याउनु पर्नेछ। लान्थारोते र ला ग्राथिओसा चौथो स्तरको सतर्कता मा परेको छ , अन्यत्रबाट आवतजावत निषेधित छ। राति १० बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लाग्नेछ। अति आवस्यक बाहेक का ब्यबसाय ६ बजे बन्द हुनेछ। तेनेरिफे, फ़ुएर्तेबेन्तुरा र एल इएर्रो दोश्रो स्तरको सतर्कता भित्र छ जहा रेष्टुरेन्ट मा एउटा टेबुलमा बढीमा ४ जना सम्मिलित हुन पाउनेछन। राति ११ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लाग्नेछ। ग्रान कानारिआ तेश्रो स्तरको सतर्कता मा छ जहा बार रेष्टुरेन्ट १० बजे बन्द हुनेछन। ला पाल्मा, ला गोमेरा पहिलो चरण को सतर्कता मा छन्। ६ जना सम्म भेटघाट हुन पाउनेछन भने राति १२ बजे देखि ६ बजे सम्म कर्फ्यु लाग्नेछ।

बालेन्थिआ
३१ जनवरी सम्म को लागि प्रदेश बाट बाहिरि आवतजावत प्रतिबन्ध छ।
रातिको १० बजेदेखि कर्फ्यु लाग्नेछ।बढीमा ६ जनासम्म को मात्र जमघट गर्न पाइने छ। गत बिहिबार २१ जनवरी देखि १४ दिनका लागि बार रेस्टुरेन्ट मा ग्राहक सेवा बन्द हुनेछन, तर #PARA_LLEVAR का लागि खोल्न पाइनेछ। अति आवस्यक बाहेक का ब्यबसाय ६ बजे बन्द हुनेछ।

पाइस बास्को
एउस्कादि का सम्पूर्ण नगरबाट, पाइस बास्को प्रान्त का बिल्बाओ अनि अन्य ५० नगर बाट आवतजावत निषेधित छ। यी क्षेत्रमा बार रेष्टुरेन्ट बन्द रहनेछन तर अन्यमा बेलुका ८ बजे बन्द गर्नेगरी खुल्ला रहनेछन। बढीमा ४ जना को मात्र भेटघाट बैठक गर्न पाइनेछ। राति १० बजे देखि ६ बजे सम्म कर्फ्यु लाग्नेछ भने ९ बजे सम्म ब्याबसायिक क्षेत्र बन्द गरिसक्नुपर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर