९ माघ २०७७, शुक्रवार
कोरोनाको इपिसेन्टर बनेको जोर्डन र याउमा तेईमा बस्ने थप १८ जना नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

हङकङमा २४ घण्टाभित्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

सङ्क्रमितमध्ये जोर्डन र याउ मा तेईमा बस्ने १८ जना नेपालीसमेत रहेका छन्। त्यस्तै त्यस क्षेत्रमा बस्ने ६ जना भारतीय पनि कोरोना सङ्क्रमित भएका छन्।
यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या ९,७९८ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर