
३ माघ २०७७, शनिवार
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा कार्यरत ७० बर्षका नेपाली चिकित्सक डा. नारद पाण्डेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार डा पाण्डेलाई केहि दिन अगाडि मात्रै कोरोना सक्रमण पुष्टि भएको थियो ।
अफ्रिकामा कोरोनाबाट मृत्य हुने उनी चौथो नेपाली हुन् । उनको दाहसंस्कार समेत भैसकेको थापाले जानकारी गराए ।
डा. पाण्डे नेपाली तथा विदेशिहरुमा समेत निकै चर्चित रहेका थिए । उनको निधनले नेपालीहरुले अभिभावक गुमाएको त्यहा रहेका नेपालीहरुले जनाएका छन ।