सुर्खेत, २०७७ मङ्सिर २६ गते
बराहताल गाउँपालिका-६ गोठी बस्ने ३३ बर्षीय बीर बहादुर रावललई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले बीर बहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।
साथै बराहताल गाउँपालिका-६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडी समेत बिहीबार दिउँसो प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बड्डीचौर सब-डिभिजन बन कार्यालयमा बुझाएको छ ।
हाल फरार भएका राजी र थापाको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर