
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आईसियू र भेन्टिलेटरसहितका उपकरण थप गरिएको छ । कोरोना वाहेक अन्य विरामीहरुको उपचारलाई समेत ध्यान दिएर नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र मेडिकल कलेजकोहलपुरमा आईसियू, भेन्टिलेटरसहितको उपकरण थप गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जका अस्पताल निर्देशक डा. एम. किदवाईले जानकारी दिनुभयो ।
यसअघि २६ बेड आईसियू र ७ बेड भेन्टिलेटर रहेको नेपालगन्ज शिक्षण अस्पतालमा २० वटा आईसियू बेड थपेर ४६ बेड पु¥याईको छ भने थप ७ वटा भेन्टिलेटर थपेर १४ पु¥याईएको छ । त्यसैगरी कोहलपुर मेडिकल कलेजमा ३२ वटा आईसियू बेड थप गरेर ५२ पु¥याएको छ । र ४ वटा भेन्टिलेटर थप गरेर भेन्टिलेटरको संख्या १० पु¥याईएको छ । नेपालगन्ज र कोहलपुरमा एकएक वटा पोटेबल अल्ट्रासाउन्ड मेसिन पनि थप गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।
आईसियू बेड संख्या र भेन्टिलेटर थपिएसंगै सिरियस बिरामीहरुलाई गुणस्तरिय उपचार सेवा प्रदान गर्न सहज हुने उहाँको विश्वास छ । अस्पतालका सहायक निर्देशक कनोडियाले भन्नुभयो–‘कोरोना लगायत बिभिन्न किसिमका जटिल रोगका कारण बिरामी भई गम्भिर अबस्थामा पुगेका बिरामीहरुको उपचारलाई थप प्रभावकारी र ब्यबस्थित बनाउनका लागि नेपालगन्ज मेडिकल कलेजले नेपालगन्ज र कोहलपुर स्थित शिक्षण अस्पतालमा आइसियु बेड संख्या र उपकरणहरु बृद्धि गरेको जानकारी गराउन पाउँदा हामी निकैै खुशी र उत्साहित छौं ।’ थप गरिएको आईसियू वार्डको मंगलवार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको यो अस्पतालहरुले पछिल्ला दिनहरुमा कोरोना संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएको छ । अस्पतालले कोरोना संक्रमितहरुको उपचार सेवालाई थप प्रभाबकारी बनाउन सहज होस् भनेर शिक्षण अस्पतालमा पीसीआर ल्याब संचालनमा ल्याएको जनाएको छ । संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहित हालसम्म १ सय ७३ संक्रमित भइसकेका छन । कोरोना संक्रमणकै कारण कलेजका २ जना कर्मचारीको मृत्यु भईसकेको छ । कोरोना कहरको जटिल र संबेदनशिल अबस्थामा पनि अस्पतालले कोरोना संक्रमितहरुको उपचार लगायत प्रसुती सेवा, इमरजेन्सी, डाइलासियलगायत बिभिन्न रोगको उपचार तथा शल्यक्रिया सुबिधाहरु उपलब्ध गराउदै आएको सहायक निर्देशक कनोडियाले बताउनुभयो।