नेपालगन्ज : बाँके प्रहरीले ठूलो परिमाणमा सुर्ति बरामद गरेको छ । भारतबाट नेपाल ल्याइएको एक ट्याक्टर सुर्ति बाँके प्रहरीले बरामद गरेको हो ।

नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काको नेतृत्वमा गएको सो टोलीले जिल्ला प्रहरी कार्यालयको पछाडीको बाटो जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा राखेर नेपाल ल्याइएको ३५ केजीको ४८ बोरा काचो सुर्ति बरामद गरेको हो ।

प्रहरीले टयाक्टर चालक साइगाउँका नाफिस कवडिया, भानु बर्मा र शेर अलिलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इन्चार्ज खड्काले बताउनुभयो ।

उक्त सुर्ति करिव तिन लाख ६० हजार मूल्य बराबरको रहेको बताइएको छ । सो सुर्ति खजुरातर्फको एउटा उद्योगमा लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा इन्चार्ज खड्काको आगमनसँगै चोरी, तस्करी नियन्त्रणमा कडाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार