काठमाडौं, २०७७ मङ्सिर २१ गते
काठमाडौं, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका-२१ दलाक्षी  डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ओखलढुङ्गा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-६ बस्ने ३४ वर्षीय अम्मर बहादुर नेपालीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अम्मरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चप्लु घोराखोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तेह्रथुम, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका-३ जलजले बस्ने २५ वर्षीय सिंहराज खापुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो खापुङले मादक पदार्थ सेवन गरी ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर