
७ मङ्सिर,नुवाकोट ।
आज देखि दुप्चेश्वरका सवै विद्यालयहरुमा प्रत्यक्ष सिकाई क्रियाकलाप संचालन हुने भएको छ ।
लामो समयदेखि (कोभिड-१९) का कारण अवरुद्द भएको विद्यालय तहको सिकाई सहजीकरण कार्य संचालनार्थ शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय द्वारा जारी गरिएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को निर्देशनानुसार तथा दुप्चेश्वर गाउपालिका शिक्षा समितीको मिती २०७७ /०८/०२ को निर्णयानुसार आज मिती २०७७ साल मङ्सिर -७ गतेदेखि प्रत्यक्ष सिकाई अर्को व्यवस्ता नभएसम्मको लागी सुचारु गर्ने सुचनामा उल्लेख छ ।
सुचनानुसार बालकक्षा देखि कक्षा ५ सम्म नियमित तथा कक्षा ६ देखि १२ सम्ममा खण्डित/समूह सिक्षण मार्फत गर्नुपर्ने छ ।
विद्यालय संचालन गर्दा आवस्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरिनुपर्ने पनि सुचनामा उल्लेख छ ।