काठमाडौं । युट्युबको ट्रेन्डिङमा एक साथ तीनवटा नेपाली चलचित्र आइपुगेका छन् । चलचित्र ‘प्रसाद’, ‘साइँली’ र ‘ए मेरो हजुर–३’ युट्युबको ट्रेन्डिङमा आइपुगेका हुन् ।

ट्रेन्डिङ दुई, तीन र चारमा क्रमशः प्रसाद’, ‘साइँली’ र ‘ए मेरो हजुर–३’ छन् । ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘साइँली’मा दयाहाङ राई, गौरव पहारी र मेनुका प्रधान मुख्य भूमिकामा छन् । झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–३’ मा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । तीनवटै सिनेमा हलमा दर्शकले रुचाएका चलचित्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर