एजेन्सी

बलिउड अभिनेत्री पुनम पाण्डेविरुद्ध गोवा फरवार्ड भार्टीको महिला विभागले मुद्दा दर्ता गराएको छ । यसका साथै केनाकोना पुलिस स्टेशनमा पनि एक अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गराइएको छ । एफआइआरमा ती अज्ञात व्यक्तिले बलिउड अभिनेत्री पुनम पाण्डेको अश्लील फिल्म सुटिङ गरिरहेको उजुरीमा उल्लेख छ । समाचार एजेन्सी एएनआइका अनुसार पुलिसले मुद्दा दर्ता गरेको छ र कारवाही अगाडि बढाएको छ ।

पुनम पाण्डेले केही महिनाअघि मात्र ब्वाइफ्रेण्ड साम बाम्बेसँग बिहे गरेकी थिइन् । बिहेको २ महिनापछि नै उनीहरुको आपसी विवादपछि साम बाम्बेलाई पुलिसले पक्राउ गरेको थियो । पछि पुनमले आफ्नो उजुरी फिर्ता लिएपछि सामलाई धरौटीमा छाडिएको थियो । उनहिरुको झगडामा कुटपिट नै भएको पुनमले दावी गरेकी थियन् र त्यो घटना पनि गोवामै भएको थियो । पछिल्लो समय भने पुनम र सामबीच सम्बन्ध सुधार भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर