 
							काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ परेका छन् ।
उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
भारतीय सेनाध्य नरवणे आज दिउँसो नेपाल आउँदैछन् । नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको हो
भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका थिए ।
भारतीय सेनाध्यक्ष नरवणे भ्रमणलाई लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com