
१७ कात्तिक२०७७ नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
१५ कात्तिकमा स्वाब दिएकोमा उनीमा आइतबार संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । पौडेललाई ज्वरो र रूघाखोकीको समस्या छ ।