
१६ कार्तिक २०७७, आइतवार
पुतलीबजार नगरपालिका वडा नम्वर १३ कुलबाँध बगैचामा ठेगाना नखुलेका एक व्याक्ति मृत अवस्थामा फेला परेको छन् । ढुङ्गा माटोले बनेको सार्वजनिक ठाटीमा ठेगाना नखुलेका अन्दाजी ४५÷४६ बर्षको एक बहादुर तामाङ् मृत अवस्थामा फेला परेका हुन् । विगत ५÷६ बर्ष देखि खोलामा ढुङगा गिट्टि बालुवाको काम गरी बस्दै आएका तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार उनको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताए । आँधीखोलामा गिट्टी बालुवाको काम गर्दै आएकाले उनको नाम सम्म खुलेको तर उनको ठेगाना नखुलेका कारण शब बेवारिसे अवस्थामा पुगेको प्रहरीको भनाई छ । मृतकको सनाखत हुन नसकेकाले सबै ठाँउमा तामाङको हुलिया पठाइएको पनि अधिकारीले बताए । पातलो शरिर, हल्का तालु खुईलीएको गहुगोरो, सेतो निलो धर्के ट्याक लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ । उनको मृत्यू आफै भएको वा अन्य घट्नाबाट भएको भने अनुसन्धान भईरहेको प्रवक्ता अधिकारीले बताए ।