१५ कार्तिक २०७७                                      आइबरलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा नवप्रवेशी क्लब काडिज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा काडिजले आइबरलाई २-० ले पराजित गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आइबरको घरेलु मैदानमा भएको खेलमा ३६औँ मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै काडिजलाई अग्रता दिलाए । ३९औँ मिनेटमा साल्भी सान्चेजले गोल गर्दै काडिजलाई २-० को जित दिलाए ।

जितसँगै काडिजले लिद लिडर रियल सोसिडाडसँग अंक बराबरी गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । काडिजले ८ खेलमा १४ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर