२८ साउन २०७७
अवैध रुपमा विद्युतीय उपकरणका साधनहरु मोबाइल र ल्यापटप प्रयोग गरी क्रिकेट, फुटबल लगायतका विभिन्न खेलहरुमा पैसाको सट्टाबाजी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने भारत राजस्थान घर भएका ५० वर्षीय पवन कुमार डालमियाँलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पवन कुमारलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर