
१४ कार्तिक २०७७ एजेन्सी- ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ निकायले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको जनाइएको छ ।भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्किएको जनाइएको छ ।
सन् १९९९ मा टर्कीको इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।