
सल्यान: जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानमा १० हजार ८० लिटर घरेलु मदिरा बरामद गरेको छ।
स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरिएको मदिरा शुक्रबार नष्ट गरिएको हो।
चाडबाडको अवसरमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले अपरेसन सुरु गरेको र सोही क्रममा मदिरा बरामद भएको प्रहरीले जनाएको छ।
डिएसपी गोविन्द थापाका अनुसार प्रहरीले मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको छ।
दुई वर्षअघि नै १० स्थानीय तहले जिल्लाभर घरेलु मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेका थिए।