कास्की,  २०७७ कात्तिक ८ गते
पोखरा महानगरपालिका-१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरुलाई नगद ३ लाख २३ हजार ५ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर