अवैध हतियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई बारा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।

जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित सीमा क्षेत्रबाट मोतिहारी जिल्ला पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई नियन्त्रणमा लिइएको बंकुलस्थित प्रहरी चौकी कचोर्वाले जनाएको छ ।

प्रहरी हवल्दार छोटेलाल प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल आउन लागेका कुशवाहामाथि शंका लागि रोक्न खोज्दा प्रहरीमाथि नै गोली चलाएर भाग्न खोजेपछि फायरिङ गरी नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागि कुशवाहाको दायाँ पाखुरामा चोट लागेको छ । कुशवाहाले भाग्ने क्रममा चलाएको गोली भने प्रहरीलाई नलागेको प्रहरी चौकी कचोर्वा बाराका प्रहरी हवल्दार नरसिंह नारायण यादवले बताए । यादवका अनुसार प्रहरीले उनको साथबाट एक थान पेस्तोलसहित पाँच राउण्ड गोली बरामद गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर