३ कार्तिक २०७७, सोमवार
पछिल्लो समय  सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहेको अवस्थामा गत वर्ष प्रदर्शनमा आएको  ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ । घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको फिल्मको सिक्वेलको अहिले स्क्रिप्टमा काम भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए ।
निर्माता अधिकारीले भने- ‘दर्शकहरुले ‘छ माया छपक्कै’ को सिक्वेलको माग गर्नुभएका कारण हामी त्यसको तयारीमा जुटेका हौं । फिल्मको निर्माण केही समयपछि हुने भए पनि स्क्रिप्टमा काम सुरु भएको छ । यसपटक पनि फिल्ममा कमेडीसँगै गम्भीर विषय उठाइनेछ ।’ उनका अनुसार, फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिम कोभिड १९ को महामारी सामान्य भएपछि ‘छक्का पञ्जा ४’ निर्माण गर्दैछ । त्यस्तै, निर्माता रोहित अधिकारी निर्देशक दिनेश राउतसँग नयाँ फिल्म बनाउने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर