
२ कार्तिक २०७७, आइतवार
कुवेतमा एक नेपाली चेलीको सवारी दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर–२, भृकुटीकी २७ वर्षीया प्रज्ञा प्रधानको कुवेतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको हो । अक्टोबर ९ तारिखका दिन प्रधान चढेको सवारीसाधनलाई अर्को सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो । कुवेतको आदान अस्पतालमा उपचारका लागि पुर्याइए पनि शनिबार बिहान उनको मृत्यु भएको हो । प्रधानको शव अक्टोबर १५ तारिखका दिन नेपाल ल्याईएको छ ।